×

NEPAL TIMES UPDATES

Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026

महोत्सवमा पन्ध्र लाखको कारोबार

२४ पुष २०७४

उदयपुर, पुस २४
सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालाको परिसरमा सञ्चालन भइरहेको १ नं प्रदेशको पूर्वाञ्चालस्तरीय महोत्सवको चारदिनमा झण्डै रु १५ लाख बराबरको कारोबार भएको छ ।

नेपाल साना घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवमा हालसम्ममा सबैभन्दा बढी स्थानीयस्तरमा उत्पादित विभिन्न खाद्य वस्तु, होटल र स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु बढी बिक्री भएको संघका जिल्ला उपाध्यक्ष रुद्र श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

महोत्सवमा सोलुखुम्बु र ओखलढुंगामा उत्पादन गरिएका राडीपाखीदेखि ताप्लेजुङ तथा संखुवासभामा उत्पादन गरिएको चौँरीगाईको छुर्पीसम्म बिक्री भइरहेको छ । भोजपुरमा उत्पादित खुकुरीदेखि खोटाङको उत्तरी भेग र सोलुको पूर्वी भेगमा उत्पादन गरिएको नाङ्लो र डालोसम्म बिक्री भइरहेको छ ।

Advertisement
Advertisement

हस्तकलाका सामान, वन तथा पशु र कृषिमा आधारित वस्तुसमेत प्रदर्शनीमा राखिएको छ । पुस २१ गतेदेखि शुरु भएको सो महोत्सव पुस २९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक दुई हजारभन्दा बढी दर्शक आउने गरेका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top