युभेन्टसले ल्याउने मार्सेलो र इस्कोलाई

१३ फागुन ७५, मंगलबार

एजेन्सी, फाल्गुन १३
इटालियन क्लब युभेन्टसले आगामी समर सिजनको सरुवा बजारलाई विशेष र व्यापक बनाउने तयारी गरेको छ । उसले अर्को सिजन सबैखाले उपाधि जित्ने महत्त्वकांक्षी योजनासाथ टिमलाई मजबुत बनाउन नयाँ खेलाडीसहित प्रशिक्षकसमेत अनुबन्ध गर्ने योजना बुनेको छ ।

इटालियन पत्रिका ‘टुटो स्पोर्टस्’ मा प्रकाशित रिपोर्टअनुसार युभेन्टसले समरमा स्पेनिस रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलो र प्ले मेकर इस्कोलाई एकसाथ भित्र्याउने योजना बुनेको छ । युभेन्सले गत सिजनमा रियलबाटै क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको थियो ।

युभेन्टसले हाल टोलीमा रोनाल्डोसँग सेट मिलाउन रियलमा छँदाका उनका खास साथीसमेत रहेका मार्सेलोलाई विशेष प्राथमिकतामा राखेको छ । मार्सेलोले पनि रियल छाड्ने तयारी गरेको खबर आइरहेका छन् ।

Advertisement

त्यसैगरी, हाल रियलको टिममा स्थान बनाउन संघर्ष गरिरहेका इस्कोसमेत भित्र्याउन यभेन्टसले प्रयास गरिरहेको छ । रियलका प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा इस्कोले टोलीमा स्थान पाइरहेका छैनन् ।

यता, रियलले आगामी समर सिजनमा नयाँ प्रशिक्षकसमेत भित्र्याउने सम्भावना छ । हालका प्रशिक्षक मासिमिलानो एलेग्रीले यो सिजन युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन नसके अर्को सिजन युभेन्टसले एलेग्रीको ठाउँमा रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदानलाई भित्र्याउने विशेष योजना बुनेको खबरमा उल्लेख गरिएको छ ।

Advertisement

जिदानले गत सिजनको अन्त्यसँगै रियल छाडेका थिए । रियलमा अढाई वर्ष बिताउँदा उनले लगातार तीन च्याम्पियन्स लिग र एक ला लिगासहित विभिन्न ९ उपाधि जितेका थिए । जिदान रियलको इतिहासमा सर्वाधिक सफल प्रशिक्षक मानिन्छन् ।

त्यसमा पनि रोनाल्डो र मार्सेलोसँग विशेष सम्बन्ध रहेका जिदान यदि युभेन्टसले मार्सेलो पनि भित्र्याउन सके युभेन्टस जाने सम्भावना रहेको बताइन्छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top