एजेन्सी, फाल्गुन १३
मंगलवार बिहानको समय भारतीय सिमाना नाघेर पाकिस्तानी अड्डामा हवाई हमला गरेको भारतीय हवाई सेनाले कारबाहीमा जैशका चरमपन्थी, प्रशिक्षक र वरिष्ठ कमाण्डर मारिएको उनले दाबी गरेका छन् ।
भारतले पाकिस्तानी सीमाको नियन्त्रण रेखा पार गर्दै आतंकवादी संगठन जैश–ए–मोहम्मदको अखडामा आक्रमण गरेको स्वीकार गरेको छ ।
मंगलबार विहान पाकिस्तानी सेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर भारतीय वायुसेनाले घुसपैठ गर्न खोजेको बताएको थियो । जवाफमा तुरुन्त कारवाही गरेपछि भाग्ने क्रममा केही बम खसालेको तर, कुनै मानवीय क्षति नभएको पाकिस्तानी सेनाले दाबी गरेको थियो ।
