एजेन्सी, फाल्गुन १४
केहि वर्ष पहिला जस्तो जाडो नभएको मौसमको अनुमानित नाप अनुसार जाडोको अन्त्यमा भनी सिमसिमे पानी परेको छ । हल्का हावा सहित सफा मौसम रहेको हिजो भने आज मौसममा बदली भएको छ । सिमसिम पानी सहित आज बादल लाग्ने र मेघ-गर्जन हुने अनुमान मौसम बिभागले लगाएको छ । आजको तापक्रम २३ डिग्री रहेको छ । अधिकतम तापक्रम २५ डिग्री रहदा न्युनतम तापक्रम २२ डिग्री रहने अनुमान छ ।
बिराटनगर लगाएत अन्य पुर्बी इलाका धारण, दमक, इटहरीमा पानी मौसम उस्तै रहने तथा मौसममा केहि बदली नहुने जनाएको छ ।
त्यस्तै यो हप्ता मौसममा सुधार नहुने अनुमान छ । मौसम बिभागको अनुसार अर्को हप्ताबाट अत्यधिक गर्मि हुने मौसम बिभागले जनाएको छ ।