प्रत्यक्षदर्शीकाे बयान : ‘पहरामा गएर गर्लम्म ठोकियो, एउटा पङ्खा उछिट्टिएर कृष्ण भिरतीर गयो’

पाँचथर,फागुन १५

Advertisement

‘हिउँ परिरहेको थियो। चिसो अत्याधिक बढिरहेको थियो। घाँस काट्न गएका थियौं। रुखको फेदमा आगो तापेर बसिरहेका थियौँ। उताबाट हेलिकप्टर आयो। उठेर हेर्दै थियौं। पहरामा गएर गर्लम्म ठोकियो। एउटा पङ्खा उछिट्टिएर कृष्ण भिरतीर गयो। अनी धुँवा निस्क्यो, आगो लाग्न थाल्यो’ ताप्लेजुङ मायम घरभएका दुर्घटनाका प्रत्यक्षदर्शी सुकवीर भटराईले हेलिकप्टर दुर्घटना दृष्यलाई यसरी सुनाए।

उनका अनुसार हेलिकप्टर ठोकिएको ठाउँ सिधा हिँड्दा एक किलोमिटर टाढामात्र थियो। उनले आँखै अघि भएको त्यस्तो घटना सपना जस्तो लागेको बताए। ‘कुहिरोले मौसम घुम्म हुन लागेको थियो। १२ बजेर ४५ मिनेट गएको थियो। हिउँ पनी पर्दै थियो। नजिकैबाट गएको हेलिकप्टर ठोकियो। हामी तर्सियौं। सातो गयो। हतार हतार फोन झिकेर जिल्लाको ठानामा फोन गरे। ठुलो फेदीमा रहेको आफ्नै होटल र पुलिसलाई फोन गरे। सत्यनाश भइसकेको थियो। ठुलामान्छेहरु रहेछन्। आँखै अघि त्यस्तो भएको सपना जस्तो लाग्यो’ उनले भने।(नागरिकबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top