प्रदेश १ का फोटो पत्रकार संगठित

१५ फागुन ७५, बिहीबार

विराटनगर,फागुन १५
पत्रकार वेदराज पौडेलको संयोजकत्वमा नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं १ समिति गठन गरिएको छ । बुधबार विराटनगरमा भएको एक भेलाले पौडेलको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो ।

Advertisement

भेलाले उपसंयोजकमा मोरङका पत्रकार संजिव खनाल, सचिवमा कमल रिमाल र कोषाध्यक्षमा झापाका विनोद पाण्डे सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी सदस्यहरुमा नमिन ढकाल, गजेन्द्र राई, उपेन्द्र चाम्लीङ, वासु पौडेल र मनोज दाहाल रहेका छन् ।

महासंघले आगामी चैत २८ गते देखि ३० गतेसम्म काठमाण्डौंमा प्रिन्टीङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पोको आयोजना गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top