दक्षिण एसियाकै ठूलो सिमेन्ट उद्योग सञ्चालनको तयारी

१५ फागुन ७५, बिहीबार

धादिङ,फागुन १५

Advertisement

उक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एसियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।

ह्वासिनसँग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमतिअनुसार धादिङको ताल्तीलाई आफ्नो उत्पादनस्थल तय गरी उत्पादनको अन्तिम तयारी गरेको हो ।

Advertisement

रु १४ अर्ब ८२ करोड ६० लाख कूल पूँजी रहेको ह्वासिन दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगका सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए ।

विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गरिने ह्वासिन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि थापाको भनाइ छ । सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ ।

Advertisement

सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्षरुपमा ३०० र अप्रत्यक्ष रुपमा एक हजारले रोजगारी पाउने छन् भने उद्योगका लागि मलेखुबाट ताल्तीसम्म छुट्टै सडक १० किलोमिटर निर्माणका लागि तयारीसमेत गरेको छ । ह्वासिन सिमेन्ट उद्योगले उद्योगकै कच्चा पदार्थबाट विद्युत् उत्पादनसमेत गर्ने र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । फागुन १७ गते उत्पादन शिलान्यास गरिने बताइएको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top