ऊर्जामन्त्री वर्षमान पुन अकस्मात अस्पतालमा भर्ना

१७ फागुन ७५, शुक्रबार
Share this
722shares

काठमाडौं, फागुन १७
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अकस्मात अस्पताल भर्ना भएका छन् ।उनको मुटु र श्वासप्रस्वासमा समस्या देखिएको छ ।उनलाई सीसीयू कक्षमा राखेर मुटुरोग विशेषज्ञ यादव भट्टको टोलीले उपचार गरिरहेको छ ।

Advertisement

मन्त्री पुन बिहीबार क्वाटरमै भेटघाटमा व्यस्त रहेका वेला शौचालय जाँदा अकस्मात रिंगटा लागेर लडेका थिए ।मन्त्री पुन विरामी भएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेत अस्पताल पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top