उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक,मृतक शिशु नै परिवर्तन गरियो !

विराटनगर, फागुन १६
विराटनगर को महेन्द्रचौकस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले शिशुको उपचारमा लागेको खर्च तिर्न नसक्दा चार दिने मृतक शिशुको शव र अभिभावकलाई रोकेर राखेको छ ।अस्पतालले शिशुको उपचारका लागि आएका सुनसरीको बराह नगरपालिका– ९ प्रकाशपुरका सूर्जा चन्द्रवंशी उनकी श्रीमती वुद्धि चन्द्रवंशीलाई अस्पतालमै रोकेर राखेको हो ।

सोमबार इनरुवा अस्पतालमा जन्मिएको बच्चाको टाउकोमा समस्या देखिएपछि सोमबार नै उपचारका लागि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारका लागि भर्ना भएका शिशुको बिहीबार बिहान मृत्यु भएको थियो ।शिशुको उपचारमा लागेको करिब २८ हजार रुपैँया तिर्न नसक्दा अस्पतालले सूर्जा र वुद्धिलाई घर जान नदिई बन्धक बनाएर राखेको हो ।

Advertisement

अस्पतालमा चार दिन उपचार गर्दाको ७३ हजार ९ सय ५० रुपैयाँ बिल उठेको थियो । चन्द्रवंशी परिवारले ४५ हजार रुपैयाँ अस्पताललाई बुझाए पनि थप २८ हजार तिर्न बाँकी रहेको छ ।अस्पताललाई ४५ हजार र औषधि पसललाई ५ हजार रुपैँया तिरेको सूर्जाले बताए । मृतककी ठुली आमा रेखा चौधरीले उपचारका लागि गाउँबाट खोजेर ल्याएको पैसा सकिएको र अस्पताल प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि जान नदिएको उनले गुनासो गरिन् ।

Advertisement

उनले भनिन् ‘रिन गरेर दिदी बैनीले काढेर ल्याएको,भिख मागेर ल्याएको। यतिमा ५० हजारमा गरिदिनु न भनेको यति पैसामा हुँदैन भन्दैछ । ’आफुहरुसँग पैसा नभएको भन्दै उनले भनिन् ‘अब के गर्नु हामी सँग उपाय नै छैन पैसाका,े पैसा कहाँबाट ल्याउनु हामी ?’

बच्चा अस्पतालमा भर्ना गरेपछि आमालाई एक पटक पनि बच्चा हेर्न नदिएको मृतक शिशुकी आमा वुद्धि चन्द्रवंशीले गुनासो गरिन् । आफन्तहरुले अस्पतालले आफ्नो बच्चा समेत परिवर्तन गरेको हुन सक्ने बताएका छन् । सुर्जाले यसबारे उपचारमा संलग्न डाक्टरसँग बुझ्दा अस्पतालले प्रहरीमा बुझाउने धम्की दिएको बताए ।

उनले आफ्नो बच्चा उपचारमा ल्याउँदा निधारमा कोठी भएको र पछि निधारमा कोठी नभएको बच्चा देखाएको बताए । उनले भने ‘यहाँ राखेको बच्चाको टाउकोमा टिका चिन्ह थियो । यसबारे मैले डक्टरहरुसँग बुझ्दा मलाई अस्पतालका ब्यक्तिहरुले पुलिसमा हालिदिन्छु भनेर धम्की दिए । ’

अस्पतालका म्यानेजिङ डाइरेक्टर हेमनारायण मेहताले बच्चालाई अस्पतालले बन्धक बनाएको र बच्चा परिवर्तन गरेको भन्ने कुरा गलत भएको बताए । अस्पतालले सकेको छुट दिने बताउँदै उनले पुरै उपचारमा लागेको पुरै पैसा छुट दिन नसक्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top