नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली भाषामा बनेको ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक(भिडियो)

१६ फागुन ७५, बिहीबार
Share this
732shares

काठमाडौँ, फागुन १६
नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको सिनेमा ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।आगामी चैत्र १ गतेबाट रिलिज हुने सो चलचित्रको गीत सोमबार सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो ।

Advertisement

१९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरुका साथै ब्याण्ड सदस्यहरुलाई पनि स्थान दिइएको छ । सिनेमाको शिर्ष गीतले काठमाडौंको कथा व्याथा बोल्ने निर्माण टिमको भनाई छ ।

यो सिनेमाको नेपालको काठमाडौको साथै अमेरिकाका समेछ छायांकन गरिएको छ । यो सिनेमाको सम्पुर्ण बजेट चार करोड बढी रहेको निर्माता नकिम उद्धिनले बताए । निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।‘दि म्यान फ्रम काठमाडौं’लाई कार्लोस मेडिनाले खिचेका हुन् ।

Advertisement

नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । सिनेमाको यसअघि सार्वजनिक ट्रेलरले दर्शक तथा सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top