कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर

तेह्रथुम : जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ ।, यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

कसैको नागरिकतामा नेपाली, कसैकोमा मंग्रानती थर उल्लेख छ । एकै परिवारका सदस्यबीच पनि फरक फरक थर कायम भएको छ । आफूहरुको जात सार्की भए पनि प्रशासनका कर्मचारीले नेपाली बनाएर दिएको स्थानीय टंकबहादुर सार्कीले बताए ।

२०४० पुस ८ मा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत नूतननारायाण चापागाईले हस्ताक्षर गरेका छन् । आफूहरुको नागरिकता दमाई जातिको हुँदा समाजमा बस्नसमेत अप्ठ्यारो परेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.