मन ताप्लेजुङमै छ भन्थे, अब तन नै रहेन…

ताप्लेजुङ : २०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लोे शिखर कञ्जनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हरिक महोत्वको आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिनका मुख्य वक्ता थिए , तत्कालीन विकास समिति सभापति रवीन्द्र अधिकारी ।

Advertisement

अहिले प्रतिनिधिसभाका सदस्य रहेका योगेशकुमार भट्टराईले ताप्लेजुङमा विकासका सम्भावना र चाल्नुपर्ने पाइलाबारे कार्यक्रम प्रस्तुत गरे । मुख्य वक्ताका रुपमा अधिकारीले भनेका थिए, ‘मेरो मन ताप्लेजुङमै छ । ताप्लेजुङको विकासका लागि मेरो तर्फबाट महत्वपूर्ण योगदान रहनेछ ।’

विकास समितिको सभापतिको नाताले ताप्लेजुङको सुकेटारबाट ओलाङ्चुङगोला हुँदै टिपताला भन्ज्याङसम्मको निर्माणाधीन लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न उनले उतिबेला सरकारलाई निर्देशन पनि दिएका थिए । ‘तर अव न रवीन्द्रको मन रह्यो, न तन नै,’ मन्त्री अधिकारीका समकालीन सहपाठी रवीन्द्रमणी काफ्लेले भावुक हुँदै भने ।,यो समाचार आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top