नागरिकता पाउन नेपाली वा मातृभाषा जान्नैपर्ने

काठमाडौं : नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपाली वा नेपालमा बोलिने कुनै मातृभाषा बोल्न जान्ने गैरआवासीय नेपालीले मात्रै नागरिकता प्राप्त गर्ने सर्त राख्न लागिएको छ।

Advertisement

संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरकता प्रदान गर्ने व्यवस्थ त । यसलाई कार्यान्वयन गर्न कानुनमा नेपाली वा नेपालकै कुनै मातृभाषा जान्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको छ ।त्यस्तै नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सपथ गराउनुपर्ने व्यवस्था राख्न लागिएको छ।

मस्यौदाअनुसार नागरिकता लिन चाहने गैरआवासीय नेपालीले गृह मन्त्रालय मातहतको निकायमा निवेदन दिनुपर्ने हुनछ। यसअघि सरकारले ल्याएको विधेयकमा मन्त्रालयमै निवेदन दिनुपर्ने व्यवस्था थियो।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top