खाना पकाउने ग्यास बजारमा अभाव नहुने नेपाल आयल निगमको भनाई

खाना पकाउने ग्यास बजारमा अभाव नहुने नेपाल आयल निगमको भनाई

काठमाडौं : नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नहुने बताएको छ । उद्योगहरुमा पर्याप्त ग्यास स्टक भएकाले बजारमा यसको अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुको भनाइ छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन् । कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन् ।

सामान्य अवस्थामा जस्तै अहिले पनि दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा पठाइरहेकाले अभाव नहुने निगम र उद्योगीले स्पष्ट पारेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.