विराटनगरबाट लागुऔषधसहित एक महिला पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक महिला पक्राउ

विराटनगर, फागुन २१
मोरङको बिराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषध सहित १ महिला पक्राउ परेकी छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल तर्फ आईरहेकी धरान उप–महानगरपालिका–८ बस्ने ३५ बर्षीया रिया लिम्बु तामाङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजोल्याब २० एम्पुल, एभिल २० एम्पुल, लुपिजेसिक २० एम्पुल, एस.पी. चक्की १६ पिस र नाईट्रोजन चक्की ५ पिस बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेकी महिलालाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.