भारतीय गृहमन्त्रीद्धारा जोगबनीमा निर्मित आईसीपीको उद्घाटन,नेपालतर्फ भने अझै केही महिना लाग्ने

भारतीय गृहमन्त्रीद्धारा जोगबनीमा निर्मित आईसीपीको उद्घाटन,नेपालतर्फ भने अझै केही महिना लाग्ने

विराटनगर : भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहले जोगबनी र रक्सौलमा निर्मित इन्टिग्रेट चेक पोष्ट(आईसीपी) को बुधबार उद्घाटन गरेका छन् । उनले दुवै आईसीपीको नयाँ दिल्लीबाटै उद्घाटन गरेका हुन् ।सो अवसरमा उनले भारतको विभिन्न ठाउँमा निर्मित २७ वटा परियोजनाको उद्घाटन र तीनवटाको एउटै सभाबाट सिलन्यास गरे ।

आईसीपी अर्थात एकीकृत भन्सार जाँच चौकीको उद्घाटन गर्दै जाँच चौकीको सञ्चालनबाट नेपाल र भारत दुवै मुलुकको आर्थिक विकासमा टेवा पुग्नका साथै ब्यापारमा बृद्धि आउने बताए । त्यसैगरी उनले आईसीपी निर्माणबाट स्थानीयले रोजगारी पाउने विश्वास ब्यक्त गरे ।

जागबनीमा निर्मित भारततर्फको आईसीपी सञ्चालनमा आएपनि नेपालतर्फ भने अझै निर्माण सम्पन्न भईसकेको छैन ।नेपाल तर्फ आईसीपी निर्माण गर्न भने अझै केही महिना लाग्ने छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.