विराटनगर,फागुन २३
विराटनगर ९ स्थित भानु मेमोरियल इंगलिस स्कुलका विद्यार्थीले ड्रोन निर्माणगरि सफल रुपमा उडान गराएका छन् । सो स्कुलमा कक्षा ९ मा अध्यनरत ७ जना विद्यार्थीको समूहले ड्रोन निर्माणगरि उडाउन सफल भएका हुन ।
कक्षा ९ का विद्यार्थी निवेश जयसवालको नेतृत्वमा नितेश साह,नरेन्द्र शर्मा,अलि शेख,राज झा र संस्कार यादव लगायत विद्यार्थी समूहले १ महिनाको मेहनतपछि ड्रोन निर्माण गरी उडाउन सफल भएका हुन ।
स्कुलले आयोजना गरेको विज्ञान तथा हस्तकला प्रर्दशनीमा सहभागि विद्यार्थीहरुको सो समूहले आफुहरुले निर्माण गरेको ड्रोन उडाएर प्रर्दशन गरेका थिए । ड्रोन निमार्ण समूहका प्रमुख निवेश जयसवालले ३५ हजारको लगानीमा आफुहरुले ड्रोन बनाएको जानकारी दिए ।
उनले ड्रोन निर्माण गर्न आवश्यक सामाग्रि मध्ये केहि स्थानिय बजारबाट र केहि एमेजोन सपिङ अनलाइनबाट झिकाएको समेत जानकारी दिए ।