हातेमालोले बनायो सडकका भित्ताहरुमा जनचेतनामुलक चित्र (फोटो फिचरसहित)

हातेमालोले बनायो सडकका भित्ताहरुमा जनचेतनामुलक चित्र (फोटो फिचरसहित)

विराटनगर, फागुन २५
सामाजिक संस्था परिवर्तनका लागि हातेमालोले सरसफाईका लागि जनचेतनामुलक चित्र बनाउने कार्यको सुरुवात गरेको छ ।‘समाज परिवर्तन युवा को काधमा’ भन्ने मुल नाराका साथ विगत ५० औँ हप्तादेखि सरसफाईका क्षेत्रमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको सो संस्थाले शनिबार विराटनगर– ३ को ठुलोमिल चौकदेखि वडा कार्यालय अगाडिको सम्म सडकछेउका भित्ताहरुमा जनचेतनामुलक चित्र बनाएको हो ।

विराटनगर लगायत वरपरका गाउँपालिकाहरुमा शाखा समेत बिस्तार गरी सरसफाई अभियान सञ्चालन गर्दै आएको सो संस्थाले गत हप्तादेखि सार्वजनिक ठाउँका भित्ता हरुमा जनचेतनामुलक चित्र बनाउन थालेको हो ।झाडु लगायर मात्रै समाजको सोचाई परिवर्तन हुन नसक्ने भएर यस्ता खाले जनचेतनामुलक चित्र हरु बनाएर कार्यक्रम लाई निरन्तरता दिने संस्थाका अध्यक्ष बिनोद परियारले बताए ।

उनले भने ‘’खाली भएका भित्ताहरुमा चाउचाउ ,गुट्खा , सिमेन्ट ,अनि मादक पदार्थ को बिज्ञापनले छाएको हुन्छ । त्यसले व्यापारका लागि त फाइदा होला तर चेतना नदिने भएकोले हामीले समाजका विभिन्न समस्या लाइ मध्यनजर गरी त्यस विरुद्धका चेतना मुलक चित्रहरु बनाएका हाँै ।’

यो अभियान बिराटनगर भरी यसरी नै चलाइने सोच रहेको उनले बताए । संस्थाका अभियान्ताहरुले चित्रको माध्यमबाट फोहोर व्यापस्थापन प्रक्रिया, बालश्रम , बालविवाह ,सवारी साधनमा प्रयोग गरिने बालश्रम जस्ता चित्रहरु बनाएर यो अभियानको सुरुवात गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.