×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि तहको गरिमा बढाउन थाल्यो यस्तो तयारी

२६ फाल्गुन २०७५

काठमाडौँ,फागुन २६

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ ।

Advertisement

मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले विद्यावारिधिको क्रममा अपनाउनुपर्ने न्यूनतम कार्यविधिका बारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरिएको बताइन् ।

सङ्कायका डिन प्राडा शिवलाल भुषालले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीलाई अनुसन्धान विधि, अनुसन्धानको सैद्धान्तिक पक्ष लगायतका अनुसन्धानात्मक विषयमा जानकारी गराउने उद्देश्यले सो अभिमुखीकरण तय गरिएको जानकारी दिए ।

शिक्षक युनियनमा थापा

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएका छन् ।
। यसैगरी प्रदेश उपाध्यक्षमा रोहिणीरमण दवाडी (प्रदेश न १), केशवराज पाठक (प्रदेश न ३), उमेश सापकोटा (प्रदेश न. ५), धर्मदत्त भट्ट (सुदूरपश्चिम), गण्डकी, कर्णाली र प्रदेश नं २ को उपाध्यक्षबाट प्रतिनिधित्व हुने युनियनले जनाएको छ ।

युनियनको महासचिवमा भोला चालिसे, उपमहासचिवमा भवानी पराजुली, अर्थ उपमहासचिवमा सुधीर झा, सचिवमा दीपक गौतम र रामकुमार राई चयन भएका छन् । यसैगरी संरक्षक समितिको अध्यक्षमा पूर्वअध्यक्ष मुकुन्द गौतम र सल्लाहकार समितिको प्रमुखमा ईन्द्रराज भट्टराई चयन भएका छन् । निजी विद्यालयमा कार्यरत शिक्षकको सो सङ्गठन वि.सं २०६० मा स्थापना भएको थियो ।

महाधिवेशनले बालबालिकाले अनिवार्य, निःशुल्क, गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन अनुसारको राष्ट्रिय शिक्षा ऐन तत्काल ल्याउन माग गरेको छ ।

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको ट्रेडयुनियन अधिकारका लागि शिक्षा ऐनमा व्यवस्था गर्न, हालै सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई पनि समावेश गर्न माग गरेको छ । शिक्षामा बढ्दै गरेको निजीकरण र व्यापारीकरणलाई निस्तेज बनाउँदै संस्थागत विद्यालयलाई नियमनको दायरामा ल्याउने प्रावधान गर्न र अनुगमनलाई प्रभावकारी बनाउन पनि युनियनले माग गरेको छ ।

Advertisement

सामुदायिक विद्यालयका शिक्षकका लागि सरकारले तोकेको तलबभत्ता बराबरको सेवा सुविधा, नियुक्तिपत्र, विद्यालय व्यवस्थापन समितिमा शिक्षक कर्मचारीको प्रतिनिधित्व संस्थागत विद्यालयको हकमा पनि सुनिश्चित गर्न महाधिवेशनले माग गरेको महासचिव चालिसेले जानकारी दिए । रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top