विराटनगर : प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव कसले गर्ने भन्ने विषयमा संसदभित्रका सत्तापक्षिय र प्रमुख प्रतीपक्षी दलबिच सहमती जुटाउन १५ दिनको कार्यादेश पाएको प्रदेशसभा नियमावली नियमावली संशोधन मस्यौदा समितिको म्याद फागुन मसान्तसम्मलाई थपिएको छ ।
आईतबार बसेको प्रदेशसभा बैठकमा मस्यौदा समितिका संयोजक तुलसीप्रसाद न्यौपानेले नियमावली संशोधन मस्यौदा समितीमा सर्वसम्मतीमा पुग्न बाँकी विषयमा सर्वसम्मतीको प्रयत्नका लागि समितीको समय थप गर्ने प्रस्ताव पेश गरेका हुन् ।
सभामुख प्रदीपकुमार भण्डारीले समितिको म्याद फागुन मसान्तसम्मका लागि थप गर्न गरेको प्रस्तावलाई प्रदेशसभा बैठकले सर्वसम्मत पारित गरेको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।