एजेन्सी, फागुन २७
पकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत आज भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खराब प्रदर्शन गरेका छन् ।, यो सँगै उनको टिमको अघिल्लो चरणको यात्रामा पुर्णविराम लागेको छ ।
समूह चरणको अन्तिम खेलमा सुल्तानले सन्दीप सम्मिलित लाहोर कलन्दर्सलाई ७ विकेटले पराजित गरेको छ । १ सय ४१ रनको लक्ष्य पछ्याएको मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै सहज जित हात पार्यो । खराव प्रर्दशन गरेका सन्दीपले २.३ ओभरमा २८ रन खर्चिंदै कुनै विकेट लिन सकेनन् ।
सन्दीपले चौथो ओभरमा १३ रन खर्चिए जसमा ४ रन बाई सामेल थियो । नवौं ओभरको दोस्रो बलमा शन मसुदले चौका र पाँचौ र छैटौं बलमा जोनसन चाल्र्सले छक्का प्रहार गरेपछि महँगो सावित भए । यस ओभरमा उनले १८ रन खर्चिन पुगे । सुरुवाती ओभरमा खराब प्रर्दशन गरेका सन्दीपलाई कप्तान फकार जमानले सुल्तानलाई १ रन चाहिएको अवस्थामा १३ औं ओभरमा बलिङ गर्न लिएका थिए । पहिलो र दोस्रो बलमा डट गराएपनि तेस्रो बलमा १ रन लिदै अफ्रिदीले खेल जिताए ।
सुल्तानको सहज जितमा शन मशुदले २५ बलमा ८ चौका र १ छक्का प्रहार ४८ गर्दै रनमा आउट भए । जोनसन चाल्र्सले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहँदा उमर सिद्दीकले १३ र जेम्स भिन्सले २५ आउट भए । लाहोरका लागि डेविड विसा र शाहिन शाह अफ्रिदीले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि कराँचीमा टस हारेर ब्याटिङ गर्न मैदान उत्रेको लाहोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४० रन बनायो । लाहोरका लागि कप्तान फकार जमानले ३६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५३ रन जोडे । त्यस्तै डेविड विसाले २२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन जोड्दा एलिसा गुणरत्नेले १२ रन जोड्न रहेक बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हसन खान र ह्यारिस रउफ समान ६ रनमा अविजित रहे । मुल्तान सुल्तानका लागि मोहम्मद अब्बासले ३,शाहिद अफ्रिदीले दुई,क्रिस ग्रिन र मोहम्मद इलियासले समान एक विकेट हात पारे । पिएसएलमा सन्दीपले कुल ७ खेलमा ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा ५ औं स्थानमा रहँदै अन्त्य गरेका छन् ।