मोरङका तीन महिला खेलाडी विराटनगरका सद्भावना दुत,एन्फाद्वारा महिला खेलाडीलाई जनही एक लाखसहित सम्मान

२८ फागुन ७५, मंगलबार
Share this
775shares

विराटनगर, फागुन २८
विराटनगर महानगरपालिकाले मोरङबाट राष्ट्रिय महिला फुटबल टिममा परेका तीनजना खेलाडीलाई सद्भावना दुत बनाएको छ । सरु लिम्बु, मनमाया लिम्बु र कविता धिमाललाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सद्भावना दुत घोषणा गरेका हुन् ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला फुटबल टिमका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गर्न आयोजित कार्यक्रममा मेयर पराजुलीले नेपाली महिला फुटबल टीम जुनसुकै प्रतियोगितामा पनि सक्षम रहेको दाबी गर्दै पुरुष टोलीसँग पनि भिड्न सक्ने दावी गरे ।

विराटनगर महानगरपालिकाले छोरी बचाउ अभियान सञ्चालन गरिरहेको जानकारी दिंदै नेपाली टोलीले साफ च्याम्पियनसिप जितेमा महानगरले टोलीका सवै खेलाडीहरूलाई थप नगद पुरस्कार दिने घोषणासमेत गरे । उक्त कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महिला फुटबलमा नेपाली खेलाडीहरूले उल्लेखनीय प्रगति गरेको बताए ।

Advertisement

उनले यो प्रतियोगिता महिला फुटबल टोलीका लागि देशलाई अझ चिनाउनका लागि राम्रो अवसर भएको जानकारी दिए । कार्यक्रममा टिमका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ओलम्पिक छनोट खेलमा भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेर छनोटको दोस्रो चरणमा प्रवेश गराएको र भारतमा सम्पन्न हिरो महिला गोल्डकपको उपविजेता बनेको नेपाली महिला टिमका प्रत्येक सदस्यलाई दुई वटा प्रतियोगितामा गरी ५०–५० हजार पुरस्कार दिएको हो ।

Advertisement

रेखा पौडेल, रुपा रानामगर, रञ्जना दर्जी, दीपा न्यौपाने, अनु लामा, सर्मिला थापा र पूजा राणाबाहेक सबै खेलाडीले एक लाख पाएका छन् । रेखा, रुपा, रञ्जना, दीपा, अनु, शर्मिला र पूजाले भने जनही ५० हजार पाएका हुन् । यसैगरी अन्जना राना मगर, अन्जिला तुम्बाप्पो सुब्बा, मन्जली कुमारी योञ्जन, निरु थापा, विमला चौधरी, दीपा राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनीता केसी, अनीता बस्नेत, हीरा कुमारी भुजेल, सवित्रा भण्डारी, अमृता जैसी, पुनम जर्घा मगर, मनमाया लिम्बु, कविता धिमाल र गीता राना मगरले पनि एक–एक लाख पाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top