सडक दुर्घटना न्यूनीकरणको लागि १५ दिने महाअभियानको शुभारम्भ

३० फागुन ७५, शुक्रबार

झापा,चैत १
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक दुर्घटना न्यूनिकरणको लागि १५ दिने महाअभियानको शुभारम्भ गरिएको छ । सो कार्यक्रमको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार एक समारोहका बिच पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।

Advertisement

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालको अगुवाईमा १ नम्बर प्रदेश अन्तर्गतका १४वटै जिल्लामा सवारी साधन र परिचालकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बनाई सडक सुशासन कायमको लागि १५ दिने महाअभियान कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement

बिर्तामोड नगरपालिका–५ मुक्ती चोकमामा आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत प्रभातफेरी समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न संस्थाहरुद्वारा ट्राफिक प्रहरीलाई मोटरसाईकल–१० थान, ब्रेथलाईजर–१० थान, व्हील लक–१० थान र चालकर परिचालकको लागि ७ सय थान पोशाक समेत हस्तान्तरण गरिएको छ ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथी लगायत प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी, बिभिन्न संघ–संस्थाका पदाधिकारी, स्थानीय बिद्यालयका शिक्षक, बिद्यार्थी, सवारी चालक, सह–चालक, संचारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी र स्थानीय सहित अन्दाजी १ हजार भन्दा बढिको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top