खरबारीमा आगो लगाउँदा घर जलेर ३ लाखको क्षति

खरबारीमा आगो लगाउँदा घर जलेर ३ लाखको क्षति

संखुवासभा, चैत १
संखुवासभाको चैनपुर नगरपालिका–११ ओढारे भन्ने स्थानमा बिहीवार दिउँसो मीन बहादुर जिनीको घरमा आगलागी हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको छ ।

दिउँसो साढे १ बजे घर नजिकै रहेको खरबारीमा लगाएको आगोबाट आचानक घरमा आगो सल्ँिकदा जिमीको ढुंगा माटोले बनेको फुसको छानो भएको १ तले घर तथा आगलागी भएको थियो ।

आगलागीबाट जिमीको घर तथा घर भित्र रहेको सम्पूर्ण सर–सामान, अन्नपात लगायत फर्निचरको सामान जलेर नष्ट भएको छ । उक्त आगलागी अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.