बन्द अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा

बन्द अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा

सर्लाही : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार दिउँसो सर्लाही आएका छन् ।

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे यहाँ आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजाअर्जना गरे ।

पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको उपस्थिति रहेको थियो ।त्यस्तै, पूर्वराजालाई हेर्न स्थानीय सयौँ सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएका थिए ।, यो समाचार आजको नागरिक दैनिकमा टंक क्षेत्रीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.