​मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२७ पुस ७४, शुक्रबार

इटहरी, पुस २८
इटहरीमा गएराती भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । ईटहरी–६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको पोलमा को १० प १७३० नम्बरको मोटरसाइकल गएराती करिब साढे ११ बजे ठोक्किदा मोरङ कानेपोखरी–५ का २२ वर्षीय अरुण राईको मृत्यू भएको हो ।

Advertisement

मोटरसाइकल ठोक्किंदा गम्भीर अवस्थामा रहेका राईलाई प्रहरीको गस्ती टोलीले उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको थियो । राईको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top