किसानको कोटामा चीन जाँदै कृषिमन्त्री खनाल

काठमाडौं : चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो।

Advertisement

मन्त्री खनालको टोलीमा कृषि मन्त्रालयबाट दुईजनाले मात्र प्रतिनिधत्व गर्दै छन्। टोलीमा उनी आबद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला तहका कार्यकर्ता पनि छन्। मन्त्रालयबाट मन्त्री खनाल र सहसचिव हरिबहादुर केसी मात्रै छन्।

चिया व्यवसायीको कोटामा चीन जान लागेको टोलीमा तत्कालीन माओवादी केन्द्रका गुल्मी जिल्ला सचिव बुद्धि बिसी, गुल्मी नेकपा जिल्ला तहका नेता मधुकृष्ण पन्थी, धुर्कोट गाँउपालिका अध्यक्ष भूपाल पोखरेल, गुल्मी छत्रकोटका तत्कालीन माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डे छन्। चिया तथा कफी विकास बोर्डबाट विजय मिश्र र राम एकवाल यादव पनि सोही टोलीमा चीन जाँदै छन्।

Advertisement

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले शनिबार मन्त्रीसहितको टोली चीन भ्रमणमा जान लागेको बताए। ‘चिया व्यवसायी तथा चिया किसानका लागि छुट्टयाएको कोटामा मन्त्री आफैंले चासो राखेपछि उनको नाम राखिएको हो।’,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top