×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निर्वाचन प्रणाली परिर्वतनका लागि पूर्वसांसद मंचको सुझाव संकलन

२ चैत्र २०७५

२ चैत्र २०७५,विराटनगर
मुुलुकका प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको प्रति पूर्वसांसदहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन प्रणालीमा सुधार नगरिए राजनैतिक व्यवस्था माथि नै संकट आउने धारणा व्यक्त गरेका छन् ।

पूर्वसांसद मंच नेपालले विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय भेलामा सहभागिहरुले संघीय निर्वाचन मात्र नभई प्रदेश र स्थानीय तहको निर्वाचन पनि बढी खर्चिलो र भड्किलो बन्दै गएकोले सुधार गर्न आग्रह गरेका छन् । सो कार्यक्रममा सहभागिहरुले संविधान कार्यान्वयनको अवस्थामा ढिलाई भईरहेको र संघ, प्रदेश तथा स्थानीय सरकार बीच समन्वय नहुँदा विकास निर्माण र समृद्धिका कार्यहरुमा बाधा पुगेको भन्दै तत्काल सुधार गर्न सुझाव दिएका थिए ।

Advertisement

संसदको परामर्शदाता समेत रहेको पूर्व सांसद मंच नेपालले सातै प्रदेशमा छलफल कार्यक्रम आयोजना गरी प्राप्त सुझावलाई प्रतिवेदन बनाएर संसद र सरकारलाई उपलब्ध गराउने पूर्व सांसद मंचका सदस्य सुरेश कार्कीले जानकारी दिए । पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएको सर्वसाधरण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रणाली परिवर्तनका लागि छलफल चलाएको बताएका छन । निर्वाचन प्रणालीमा भएका त्रुटी, कानूनका कारण भएको अप्ठ्यारो तथा संविधानमा निर्वाचन प्रणालीका विषयमा पनि समस्या रहे नरहेको विषयमा छलफल भएको पूर्वसांसद घनेन्द्र बस्नेतले बताए ।

Advertisement

यस्तै कार्यक्रमका अवसरमा संविधान कार्यान्वयनका सम्बन्धमा भएका काम, सरकारले अबलम्बन गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक भए नभएको विषयमा पनि छलफल भएको छ । छलफल कार्यक्रममा एक नम्बर प्रदेशका सभामुख, उपसभामुख, पूर्व सांसदहरु, प्रदेश सांसदहरु, स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको छ । पूर्व सांसद मञ्च दुई दशक अगाडि स्थापना भएको पूर्व सांसदहरु आबद्ध संस्था हो ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top