×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झापामा लागुऔषधसहित सात जना पक्राउ

२८ पुष २०७४

झापा, पुस २८
झापा प्रहरीले लागुऔषध ब्राउन सुगर र खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा उनीहरुलाई मेची भन्सार नाकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर २ का अर्जुन श्रेष्ठ र मेचीनगर १० का मनिष खड्का रहेका छन् । उनिहरुको साथबाट चार ग्राम ब्राउनसुगरसहित डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल फेला परेको छ । त्यसैगरी बिहीबार बेलुका संघीय प्रहरी इकाइ चन्द्रगढी र लागूऔषध नियन्त्रण व्युरो काकँडभिट्टाबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले मेची नगरपालिका ६ र १० बाट पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड ६ का अनिष भण्डारी, पाँचथर जिल्ला फिदिम १ घर भई हाल बिर्तामोड ५ बस्ने रोशन न्यौपाने, बिर्तामोड ६ का रामेश्वर चौधरी, र बिर्तामोड ३ बस्ने प्रेम खड्का तथा मेची नगरपालिका २ का अर्जुन श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ६ ग्राम खैरो हेरोइन र चार बोतल स्कुफ नामक कफ सिरफ प्रहरीले बरामद गरेको छ। पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानाएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top