प्रधानमन्त्री ओलीद्धारा फलफुल तथा तरकारी थोकबजारको उद्घाटन(फाटो फिचर)

विराटनगर, चैत ३
मोरङको कटहरी गाउँपालिकास्थित फलफुल तथा तरकारी थोकबजारको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका छन् ।

Advertisement

विराटनगर महानगरपालिकासँगै सिमा जोडिएको मोरङको कटहरीस्थित जमटोकीमा विश्वबैंकको १६ करोड रुपैयाँको आर्थिक सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा निर्मीत एकिकृत फलफुल तथा तरकारी बजारको प्रधानमन्त्री ओलीले शिलालेखको अनावरण गर्दे प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई साँचो हस्तान्तरण गरेका हुन् ।

Advertisement

मोरङलगायत आसपासका जिल्लाको कृषि उत्पादनलाई सहजरुपमा बजारीकरण गर्न पूर्वको तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले फलफुल तथा तरकारी थोकबजारको निर्माण गरेको छ ।

उद्घाटन भएसँगैे एकीकृत रुपमा तरकारी तथा कृषिजन्य उत्पादनको अब थोक तथा खुद्रा व्यापार सोही स्थानबाट हुनेछ । प्रदेश सरकार मातहत रहने सो बजार व्यवस्थित रुपमा सञ्चालन गर्न प्रदेश नं. १ को सरकारले निर्देशिका बनाई कार्यान्वयनमा ल्याउनेछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top