×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

नोबेलको अर्को सफलता : महिलाको पाठेघरबाट निकालियो छ किलोको ट्यूमर

५ चैत्र २०७५

विराटनगर, चैत ५
नोबेल शिक्षण अस्पतालले महिलाको पाठेघरमा रहेको छ किलोको ट्यूमर सफलतापूर्वक निकालेको छ । इलामको शान्तिडाँडाकी ४२ बर्षीया कुसुम शाह ठकुरीको पाठेघरबाट ट्यूमर निकालिएको हो । नोबेलको प्रसुती तथा स्त्री रोग बिभागका एशोसिएट प्रोफेसर डा.शान्ति सुवेदी नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक ट्यूमर निकालेको हो ।

पाठेघरको सारकोमा नामले चिनिने यो ट्यूमर १ लाख महिलाहरु मध्ये ३ देखि ७ जनामा मात्र पाईने गरेको प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा.सुबेदीको भनाई छ । ‘प्राय बढीमा आधा केजी सम्मको मात्र ट्यूमर पाईन्छ ।’ उनले भनिन् ‘यो एकदमै दुर्लभ ट्यूमर हो ।’ चिकित्सकहरुका अनुसार सामान्यतया सानो–सानो आकारका धेरै वटा ट्यूमर हुन सक्छन । तर, छ केजी सम्मको एउटै ट्यूमर बिरलै मात्र पाउँने गरिन्छ ।

Advertisement
Advertisement

करिव डेढ बर्ष अघि देखि शाहको पेट अस्वभाविक रुपमा बढ्दै गएको थियो । खाना खाने बित्तीकै दिसा लाग्ने र पेट बढेर असहज हुने गर्थ्यो । ग्यास्टिकका कारण यस्तो भएको अनुमान लगाएर उनीहरु धेरै समय अल्मलिए । तर, समस्या बढ्दै गएपछि ईलाम अस्पतालमा उनको स्वास्थ्य परिक्षण गराईएको थिए । त्यहाबाट रिफर गरेपछि नोबेलमा आएर शल्यक्रिया गरी ट्यूमर निकालिएको हो । पेटबाट छ किलोको ट्यूमर निश्किएपछि शाह र उनको परिवार आश्चर्यचकित भएका छन् ।

पेटबाट मासुको त्यत्रो डल्लो निश्किदा डर लागेको कुसुमले बताईन् । ‘पेट बढ्दै गएर असहज भईरहन्थ्यो । तर, के भएको थाहा नहुँदा अन्यौलमा थिए ।’ अचम्म मान्दै उनले भनिन् ‘पेटबाट यत्रो मासु निश्किदा म त छक्क परे ।’ भिडियो एक्सरे गर्दा ट्यूमर रहेको थाहा भएपनि अप्रेशन गरेर ठुलो ट्यूमर निश्किदा अचम्म लागेको कुसुमका वुवा श्याम शाह ठकुरीले सुनाए । ‘छोरीको पेटबाट छ किलोको ट्यूमर निश्कदा म त झण्डै बेहोस भए ।’ उनले भने ‘ट्यूमरको फोटो हेर्दै डर लाग्यो, सिधा आँखाले हेर्नै सकिन ।’

Advertisement

ट्यूमर निकालिएपछि उनको पुरानो समस्या हटेर स्वास्थ्यमा सुधार आएको छ । उनी निको भएर अस्पतालबाट अहिले घर फर्किएकी छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top