×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ताप्लेजुङका ३ जना प्रहरी फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी

५ चैत्र २०७५

बिराटनगर, चैत्र ५
ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत ३ जना प्रहरी कर्मचारी १ नं प्रदेशको फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । अस्थाई प्रहरी चौकी माथिल्लोफेदी ताप्लेजुङमा कार्यरत प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी अत्कृष्ट प्रहरी घोषित भएका हुन ।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० स्थित सिस्ने भिरमा फागुन १५ गते भएको तत्कालिन पर्यटन मन्त्री समेत सवार हेलिकप्टर दुर्घटना हुँदा उक्त घटनास्थलमा कर्तव्य पालनाको शिलसिलामा आफ्नो जिउ ज्यानको प्रवाह नगरी अति जोखिमपूर्ण अवस्थामा अटुट र अनवरत रुपमा कर्तव्यनिष्ठ तवरले प्रतिकुल भौगलिक अवस्था र मौसमका बावजुद बहादुरी तथा उच्च मनोवलका साथ उद्धार, खोजतलास एवम् शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिक समक्ष नेपाल प्रहरीको छवि उच्च बनाएकोले उनीहरुलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरीकार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top