×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको आरोप

५ चैत्र २०७५

विराटनगर,चैत ५
प्रदेश सरकार गठन भएको वर्ष दिन वितिसक्दापनि एक नम्बर प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । संसद सचिवालयको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठन भएको वर्षदिन बितेपनि प्रदेश सरकारले कुनै उपलब्धीमुलक काम गर्न नसकेको आरोप लगाएको हो ।

एक नम्बर प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रमपनि घोषणा मै सिमिति भएको बताए । प्रदेश एकमा सरकार नै कमजोर भएका कारण प्रतिपक्षीपनि कमजोर देखिएको उनको भनाइ छ । संघीय सरकारसंग अधिकार माग गर्ने विषयमा आफुहरु सहयोगि भएर लाग्ने प्रतिबद्धता जनाएपनि प्रदेश सरकारले आफ्ना अधिकार संघसंग माग्न नसकेको भन्दै उनले प्रदेश सरकारको भूमिका प्रति प्रश्न उठाए ।

Advertisement
Advertisement

सभामुख र उपसभामुख एउटै दलको हँुदापनि प्रदेश सभा र सरकार स्वेच्छाचारी ढंगबाट चलेको दलका नेता राजिव कोइरालाले आरोप लगाए। सरकारका मन्त्री र सभामुख, उपसभामुख एउटै दलको हुदा संसद बैठकमा मन्त्री ढिलो आउने गरेको उनको आरोप छ । मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट थुपारेको र निर्माणको ठेक्कापट्टामा समेत पार्टी कार्यकर्ता र आफन्त पोस्ने काम भएको उनको आरोप छ ।

Advertisement

साथै मुख्यमन्त्रीका नामबाट सुरु परियोजना लथालिंग अवस्थामा पुगेको र मुख्यमन्त्री स्वयम्ले नै बजेट एकीतृत गरेको, प्रदेश सरकारका कतिपय मन्त्रीहरुले नियुक्ति पत्र बिना आफ्ना आफन्तलाई मन्त्रालयमा खटाएको कांग्रेसको आरोप छ । एक वर्षसम्म मन्त्री मण्डल विस्तार गर्न नसकेको र संसदीय समितिलाई समेत नेतृत्वविहिन बनाउनु प्रदेश सरकारको कमजोरी भएको कांग्रेसको टिप्पणी छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top