तराईमा आज होली मनाइँदै

विराटनगर, चैत २
हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली आज बिहानैदेखि तराईका क्षेत्रमा उत्साहका साथ मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।

Advertisement

पहाडी जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् हिजो होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी बिहान होली पर्व मनाउने गरिएकाले आज यो पर्व मनाइएको हो ।

तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ ।

Advertisement

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ।होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्।

Advertisement

यस पर्वका अवसरमा मोरङको सुरक्षा ब्यबस्था पनि कडा बनाईएको छ । अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गर्नुका साथै सादा पोसाकमा पनि प्रहरी खटाइने मोरङ प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top