काठमाडौं ,चैत ७
सरकारले ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँमा रेलका २ वटा इञ्जिन खरिद गर्ने निर्णय गरेको छ । सरकारले भारतीय सरकारी कम्पनी कोँकण रेल वे कर्पाेरेशन लिमिटेडसँग २ वटा डेमु रेल किन्ने निर्णय गरेको हो ।
नेपाल सरकार र र भारत सरकारबीचको समझदारीमा रेल खरिद हुनेछ । यसरी खरिद गरिएको रेल आगामी जेठ महिनामा जनकपुर जयनगर खण्डमा गुडाउने सरकारको तयारी छ ।
सरकारले चैत ४ गतेको मन्त्रिपरिषद बैठकबाट दुुई सरकारबीच सम्झौता गरेर रेल खरिद गर्ने र नेपाली राष्ट्रिय झण्डा राखेर गुडाउने निर्णय गरेको हो ।(विकास न्युजबाट)