साफ च्याम्पियनसिप जिते नेपाली टोलीलाई प्रदेश सरकारले जनही २ लाख दिने

साफ च्याम्पियनसिप जिते नेपाली टोलीलाई प्रदेश सरकारले जनही २ लाख दिने

विराटनगर चैत ८
पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको च्याम्पियन बने नेपाली टिमका खेलाडीलाई प्रदेश १ सरकारले जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

शुक्रबार विहान विराटनगरमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उपाधि रक्षा गरेमा नेपाली खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

उपविजेता मै चित्त बुझाउनु पर्ने अवस्था आए पनि खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले खेलाडीलाई हौशला प्रदान गर्न प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय सरकारले गरेको जानकारी दिए ।

प्रदेशकै अस्थायी राजधानी विराटनगरमा यही फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो ३ बजे सहिद रंगशालामा हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.