तराई मधेशको समृद्धिका लागि जनताबिचमा मन्त्री पण्डित

१० चैत ७५, सोमबार

विराटनगर, चैत ११
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत प्रदेश नं. १ र २ का विभिन्न भवन शिलान्यास र कार्यक्रमहरुको उद्घाटन गरेकाछन् ।

तराई मधेशको विकासमा जुनसुकै सरकारले पनि ध्यान नदिएको गुनासो हुनेगरेकाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सञ्चालन गरेका विभिन्न योजनाको शिलन्यास र कार्यक्रम मन्त्री पण्डितले उद्घाटन गरेका हुन् ।

Advertisement

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत प्रदेश नं. २ को सिराहा जिल्ला स्थित लहान नगरपालिका–५ मा अति बिपिन्न तथा सुकुम्बासी परिवारका लागि करिब १ करोड को लागतमा निर्माण एकिकृत बस्ति र ५५ लाख २९ हजार रुपैयाँको लागतमा निर्माण हुने शिवशति आधरभुत विद्यालय को शिलान्यास गरेका छन् ।

Advertisement

सो अबसरमा बोल्दै मन्त्री पण्डितले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम लागु गरेको बताए । सो कार्यक्रम आफ्नो मन्त्रालय मार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेशको समृद्धिका लागि सरकार लागि परेको बताए ।

भ्रष्टाचार विरोधी मन्त्रीका रुपमासमेत पहिचान बनाएका मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रम मार्फत सरकारले पहिलो पल्ट लाहानमा एकिकृत बस्ति निर्माण गर्न मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको जानकारी दिए ।

उनल सो काम इमान्दारीताका साथ सम्पन्न गरे आगामी बर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए । मन्त्री पण्डितले तराई मधेश सम्मृद्धि कार्यक्रम देशका २२ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै सो कार्यक्रम मार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, समुम्बासी सामुहिक आवास, विभिन्न जातजातीको संस्कृति संरक्षणका लागि सामुदायीक भवनलगायतका संरचनाहरु निर्माण हुने बताए ।

उनले सो कार्यक्रम मार्फत विभिन्न जात जातीको संस्कृति संरक्षणका लागि देशभरी १ सय सामुदायीक भवनहरु निर्माणका क्रममा रहेको जानकारी दिए । मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रम मार्फत तराइका भुमिहिन, गरिब तथा सुकुम्बासी परिवारलाई घर बनाइदिने सरकारको योजना रहेको बताए ।

सो अबसरमा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, लहान नगरपालिकाका मेयर मुन्नी साह, , प्रदेश नं. २ का प्रदेशसभा सदस्य लगनलाल चौधरी, अशोक यादव र पूर्वमन्त्री रामचन्द्र यादवले पहिलो पल्ट सरकारले तराईका अति विपन्न तथा सिमान्तकृत समुदायको उत्थानको परिणाम सहितको थालनी गरेको बताए । उनीहरुले तराई मधेश सम्मृद्धि कार्यक्रमले तराई मधेशका जनताको गुनासा सम्बोधन हुने विश्वास गरे ।

त्यस्तै मन्त्री पण्डितले सिरहाकै गोलबजार नगरपालिका–३ कालाबन्जरमा मन्त्रालयको १ करोड १० लाख रुपैयाँको लगानीमा निर्माण हुने दलित नमूना बस्तीको शिलान्यास, सिरहा भगवानपुर गाउपालिका–२ स्थित लक्ष्मीनारायण कौशल्या जनता मा.बि.नहरा रिगौल भवनको शिलान्यास गर्नुका साथै दोस्रो गोलबजार मेयर गोल्डकप फुटबलको उद्घाटन गरेका छन् ।

सो अबरमा गोलबजार नगरपालिकाका मेयर देवलाल साहले तराई मधेशमा खेलकुदको विकासका लागि पनि मन्त्री पण्डितलाई ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमा प्रतिनिधिसभा सदसय लिलानाथ श्रेष्ठ प्रदेश नं. २ का प्रदेशसभा सदस्य प्रमोद यादव नेकपाका केन्द्रीय सदस्य रामकुमारले तराई मधेश समृद्धि कार्यक्रमको औचित्य जनताको गुनासा र सरकारप्रतिको असन्तुष्टि सम्बोधन गर्न सञ्चालन गरिएको दावी गरे ।

मन्त्री पण्डितले प्रदेश नं. १ मा पनि विभिन्न योजनाको शिलन्या र कार्यक्रममा सहभागिता जनाएका छन् । उनले मोरङको ग्रामथान गाउँपालिका–७ लडैयाडागीमा तराई मधेश समृद्धि कार्यक्रम मार्फतनै २ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण हुने सामुहिक अवासको शिलान्यास गरेका छन् ।

सो अबसरमा ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले विपन्न तथा सिमान्तकृत समुदायका लागि संघिय सरकारले आफ्नो गाउँपालिकाका लागि बजेट उपलब्ध गराएको भन्दै आभार प्रकट गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, प्रदेशसभा सदस्यहरु विजय विश्वास, सावित्रा रेग्मी, पूर्व राज्यमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य गोपि आछामी, नेकपा केन्द्रीय सदस्य बिनोद ढकाल, महेश रेग्मी, प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीलगायतको उपस्थिती रहेको थियो त्यस्तै मन्त्री पण्डितले विराटनगरमा प्रकृति मानव केन्द्रित जन अभियान नेपालको चौथो राष्ट्रिय महाधिवेशन को उद्घाटनसमेत गरेर पुन : काठमाडौं फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top