×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

विप्लवसँग वार्ताको सम्भावना छैन ःरक्षामन्त्री पोखरेल

११ चैत्र २०७५

विराटनगर, चैत ११
रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको रक्षामन्त्री पोखरेलको भनाइ छ ।

विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए ।

Advertisement
Advertisement

‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको उनले दोर्होयाए । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनले बताए ।

सेना परिचाचलनका बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा परिषदको वैठकको निर्णयवाट नै मुलुकमा सेना परिचालन हुने ब्यवस्था रहेको बताए ।

उनले सुरक्षा परिषदको वैठक नवसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रीपरिषदको वैठकको प्रस्ताव राष्ट्रपतिवाट सदर पछि मात्र सेना परिचालन हुने ब्यवस्था रहेको स्पष्ट पारे ।

Advertisement
Advertisement

सेना परिचालनको एक महिनापछि प्रतिनिधि सभावाट उक्त प्रस्ताव पास हुनु पर्छ भन्दै उनले प्रधानमन्त्री एक्लैको निर्णयवाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top