विराटनगर : सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँग ैप्रदेश नम्बर १ को राजधानी विराटनगरमा माछाको अभाव देखिन थालेको छ । भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछाको मुल्यसमेत वृद्धि भएको पाईएको छ ।
स्वदेशी उत्पादनको लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपभोग गराउन र मुलुकलाई मासुजन्य पशुपन्छीमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा पशुपन्छी आयातमा कडाई गरिएको थियो ।
भारतबाट माछा आयातमा रोक लगाएसँगै विराटनगरमा माछामा प्रतिकिलो ५० देखि १०० रुपैँयासम्म मुल्यवृद्धि भएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।