मोरङ र सुनसरीमा बर्ड फ्लु भेटियो

मोरङ र सुनसरीमा बर्ड फ्लु भेटियो

विराटनगर : मोरङ र सुनसरीमा बर्ड फ्लु फेला परेको छ । शनिबार यता मोरङमा एक र सुनसरीमा एक कुखुरा फर्ममा बर्ड फ्लु भेटिएको हो ।

प्रदेश १ भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुनसरीका इटहरी उपमहानगरपालिका – १८ मा रहेको बिएयडजी अर्गानिक कृषि फर्म र मोरङको सुन्दर हरैँचा नगरपालिका – ११ मा रहेको सिता अर्जुन बहुउद्देशीय सहकारीले सञ्चालन गरेको कुखुरा फर्ममा बर्ड फ्लु भेटिएको हो ।

बर्ड फ्लु भेटिएपछि दुई फार्मका सबै कुखुरा नष्ट गरी उच्च सतर्कता अपनाईएको प्रदेश १ भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.