प्रदेश २ मा एसईईका बाँकी परीक्षा अनिश्चितकालका लागि स्थगित

प्रदेश २ मा एसईईका बाँकी परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, चैत १५

प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने  सरकारले निर्णय गरेको छ । अन्यत्र भने परीक्षा हुनेछ । प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको हो । परीक्षा तालिका पछि प्रकाशित हुनेछ । भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ । प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.