×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चालु अधिवेशन बाटै प्रदेश १ को राजधानी र नामः मुख्यमन्त्री राई

१६ चैत्र २०७५

विराटनगर, चैत १६

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले चालुु अधिवेशनबाटै प्रदेश नम्बर १ को राजधानी र नामाकंनको विषय टुंगो लगाउने बताएका छन् ।नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अबसरमा शनिबार नेपाल पत्रकार महासघ मोरङ शाखाले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नामांकंनको विषयले प्रदेसभामा प्रवेश पाई सकेको समेत बताए ।

Advertisement
Advertisement

आगामी बजेट अधिवेशनमा प्रदेश सरकारले प्रदेशमा सुचनाको हक सम्बन्धी कानुन ल्याउने उनले बताए ।उनले अब बस्ने वजेट अधिवेशनमा सुचनाको हक सम्वन्धि कानुन संगै प्रदेश सुचना आयोग गठन गर्ने बताएका हुन् । उनले सुचनाको हक सम्बन्धी कानुनले जनताको अधिकार स्थापित गर्दै शासन सत्ता संचालनमा सहयोगी हुने भएकोले आगामी भदौ अगावै कानुन ल्याउन लागिएको बताए ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सुचनाको हक सम्बन्धी कानुन बनाउन प्रदेश एक पहिलो हुनुपर्ने भन्दै त्यसका लागि आफु सहयोग गर्न तयार रहेको बताए । यसैगरी सुतेर अधिकार नपाइने भएकोले जनताले आफ्नो अधिकार स्थापित गर्न जागरुक हुनुपर्ने उनले बताए । बास्कोटाले सुचनाको हक सबै जनताका लागि भएकोले यसको प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनतालाई बाध्ने कानुन मात्र कडा बनाइने होइन सेवा प्रदायकलाई बाध्ने कानुन पनि कडा हुनुपर्ने भन्दै सुचनाको हक सम्बन्धी कानुन प्रदेश सरकारले चाडै ल्याउने वताए ।

गाउँले र लम्साल पुरस्कृत


नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसको अबसरमा षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार २०७५ बाट नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष एंव खोज पत्रकारिताका सम्पादक शिव गाउले र षष्टिका बस्नेत सुचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७५ बाट विराटनगरका पत्रकार तथा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य गणेश लम्साललाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश ५१ हजार र ११ हजार रहेको छ ।उनीहरुलाई मुख्यमन्त्री शेरधन राइले पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top