फास्ट ट्रयाकमा २० हजारलाई रोजगारी, कर्मचारी भर्ना प्रक्रिया अघि बढ्यो

काठमाडौं : कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ। कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रमा रहेका कर्मचारी अभाव हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो।

Advertisement

समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भना गर्ने तयारी सुरु भएको बताए। उनले भने ‘अब गरिने भर्ना फास्ट ट्रयाकमा हुनेछ। यसो नगरे प्रक्रिया लम्बिन्छ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी आवश्यक पर्ने भएकाले कर्मचारी भर्ना गर्न फास्ट ट्रयाकको बाटो अपनाउनु पर्ने भएको छ ।

मन्त्री पण्डितले यसरी कर्मचारी भर्ना गर्न लोकसेवा आयोगसँग परामर्श भइरहेको बताउँउदै यसमा आयोगले पनि सहमति दिएको बताए। ,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top