नगरपालिकाका कर्मचारीले घरघरमै फिर्ता पठाए फालिएका फोहोरका पोका

१७ चैत ७५, आइतबार
Share this
648shares

काठमाडौं : रातको समयमा जथाभावी फालिएका फोहोरका पोका यकिन गरी स्थानीय व्यवसायीलाई फिर्ता गर्दै नगरपालिकाका कर्मचारी। रातको समयमा जथाभावी फालिएका फोहोरका पोका यकिन गरी स्थानीय व्यवसायीलाई फिर्ता गर्दै नगरपालिकाका कर्मचारी।

Advertisement

स्याङ्जा नगरपालिकाको टिपर टक्क घरअगाडि रोकियो। कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस्।’ अलमलमा परेका घरधनीले खुरुखुरु हात थापे। खोलेर हेर्दा त्यसमा फोहोर थियो। त्यही फोहोर जुन उनीहरूले राति सुटुक्क लगेर खोल्सामा फालेका थिए।

वालिङ नगरपालिकाले शनिबार वडा नम्बर १० फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरूलाई नै फर्काइदिएको छ ।यसैकारण वालिङ बजारमा बिहान केही घण्टा निकै चर्काचर्की चलेको थियो। फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेका घरमा पुर्‍याइएको नगरपालिकाले जनाएको छ।

Advertisement

फोहोरका पोका फिर्ता पाउनेमा अधिकांश व्यवसायी छन्। फोहोरफाल्नेलाई फेरि त्यस्तो नगर्न सचेत गराइएको वडाध्यक्ष गैरेले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top