छिमेकीको साथ लिएर ‘एसिया युग’ निर्माणमा चीन, विश्वकै शक्तिशाली बन्दै

काठमाडौ‌ं : बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ। विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसिया युग’ निर्माणमा लागेको हो।

Advertisement

अमेरिकाले भारत, अस्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाइ चीनको छ। तर चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कूटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ। यस क्रममा चीनले छिमेकीलाई विशेष महत्व दिएको छ।

‘चीन आफ्नै तवरले अघि बढ्छ। अरू मुलुकले के गर्छ सोच्दैन। कसैले सक्रियता बढाएमा आक्रामक हुन्छ’, प्राध्यापक झु काइहुवाले भनिन्, ‘अमेरिकी रणनीतिमा हाम्रो सरोकार रहँदैन। तर हामी छिमेकको चासो र महत्वलाई ध्यान दिन्छौं। शक्ति मुलुक आफ्नै ढाँचाले अघि बढ्नु स्वाभाविक हो। छिमेकी मुलुक दुई शक्तिको मारमा नपरून् भन्नेमा हामी सचेत छौं।’

Advertisement

उनका अनुसार चीन अब एसियाको युग कसरी स्थापित गर्ने भन्नेमा केन्द्रित हुन थालेको छ। उनले भनिन्, ‘छिमेकीलाई हाम्रो विकास मोडलबारे बुझाएर अघि बढ्नु हाम्रो उद्देश्य हो।’चिनियाँ अन्तर्राष्टिय व्यापार तथा आर्थिक सहकार्य अध्ययन केन्द्रकी उपनिर्देशकसमेत प्राध्यापक झुले बीआरआई अभियानमा छिमेकले साथ दिए विश्व एसियातर्फ फर्कने बताइन्।, यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top