(अपडेट)बारा-पर्सामा भिषण हावाहुरीः २८ को मृत्यु, ४०० बढी घाइते

(अपडेट)बारा-पर्सामा भिषण हावाहुरीः २८ को मृत्यु, ४०० बढी घाइते

वीरगञ्ज, चैत १७
बारा र पर्सा जिल्लामा आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीका कारण बारामा मात्र २७ जना र पर्सामा १ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । त्यस्तै करीब ४०० घाईते भएको जानकारीमा आएको छ।

हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाप्रति दुःख ब्यक्त गर्दै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ । सो क्षेत्रहरुमा उद्दार कार्य जारी छ ।

हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ ।अधिकारीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ । इँटा भट्टा, पर्खाल भत्किएर मानिस पुरिएको आशंका गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.