सन्दीप पन्जाबविरुद्ध पनि प्लेईङ ११ मा

सन्दीप पन्जाबविरुद्ध पनि प्लेईङ ११ मा

एजेन्सी, चैत १८
दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने पनि प्लेईङ ११ मा परेका छन् ।

पन्जावको घरेलु मैदान चण्डीगढमा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ भने पन्जावले ब्याटिङको निम्तो पाएको छ ।
दिल्लीले आजको खेलर्मा एक मात्र खेलाडी परिवर्तन गरेको छ । अमित मिश्राको ठाउँमा आवेश खानलाई मौका दिएको छ ।

जारी आईपीएलमा कोलकतासँगको खेलमा मौका पाएका सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका सन्दीपलाई दिल्लीले निरन्तरता दिने अनुमान गरिएको छ । सन्दीप सुरुवाती दुई खेलमा भने बेन्चमा बसेका थिए ।

यस्तो छ दिल्लीको प्लेइङ ११
शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, आवेश खान, हर्षल पटेल

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.