काठमाडौं :काठमाडौंका सडकबाट एक सातामै ९२ टन धुलो संकलन भएको छ । गत बुधबारबाट काठमाडौं महानगरपालिकाका पाँच ब्रुमरले सडक सफा गरिरहेका छन् ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार राति ८ बजेदेखि बिहान ४ बजेसम्म ब्रुमरले सडक बढारिरहेका छन् । हालसम्म बानेश्वर, बालकुमारी, थापाथली, रत्नपार्क आसपास, पुतलीसडक, कलंकी र सोह्रखुट्टे क्षेत्रका सडक ब्रुमरले सफा गरेका छन् ।
संकलित धुलो टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिँदै आएको महानगरले जनाएको छ । ब्रुमरले करिब ६ सय किलोमिटर सडक बढारिसकेको महानगरको वातावरण प्रशासन महाशाखाकी प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।