घरजग्गा किनबेच गर्दै हुनुहुन्छ ? विसं २०८१ मा सबैभन्दा बढी नाफा हुने !

घरजग्गा किनबेच गर्दै हुनुहुन्छ ? विसं २०८१ मा सबैभन्दा बढी नाफा हुने !

काठमाडौं , चैत १९

तपाईँ घरजग्गाको खरिद बिक्री गर्दै हुनुहुन्छ ? यदी घरजग्गा किन्दै वा बेच्दै हुनु हुन्छ भने अहिले नै बिचार गर्नुहोस्, विसं. २०८१ मा सबैभन्दा धेरै नाफा हुने भएको छ । राष्ट्रिय योजना आयोगले १५ औं पञ्चवर्षीय योजनामा आगामी ५ वर्षको तथ्यांक प्रस्तुत गर्दै घरजग्गा कारोबार सम्बन्धीमा यस्तो प्रक्षेपण गरेको हो ।

आयोगले तयार पारेको तथ्याङ्क अनुसार ५ वर्षपछि अर्थात आर्थिक वर्ष ०८०/८१ मा घरजग्गाको कारोबार १ खर्ब ९० अर्ब ६ करोड रुपैयाँको पुग्नेछ । यो प्रक्षेपणले घरजग्गा कारोबार बढ्ने देखिएको हो । चालू आर्थिक वर्षमा घरजग्गा, बहाल, व्यापारिक क्रियाकलापबाट कुल १ खर्ब १६ अर्ब ५१ करोडको कारोबार भैरहेको छ । यो रकम बढेर आव ०७६/७७ मा १ एक खर्ब १८ अर्ब ६० करोड पुग्ने आँकलन गरिएको छ ।

यस्तै आव ०७७/७८ मा सो कारोबार बढेर १ खर्ब ४१ अर्ब ६६ करोड पुग्नेछ । आव ०७८/७९ मा १ खर्ब ४२ अर्ब ३ करोड पुग्ने अनुमान गरिएको घरजग्गा कारोबार आव ०७९/८० मा १ खर्ब ७३ अर्ब ८१ करोड पुग्नेछ ।१५ औं पञ्चवर्षिय आयोजनाको अन्तिम वर्ष ०८०/८१ मा १ खर्ब ९० अर्बको घर जग्गाको कारोबार हुने प्रक्षेपण गरिएको छ । योजना अवधीभर ७ खर्ब ६६ अर्ब २६ करोडको कारोबार हुनेछ ।

आयोगको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा आव ०७७/७८ र ०७८/७९ मा घर जग्गा कारोबार नबढ्ने देखिएको छ । सो आर्थिक वर्षको अवधीमा ४७ करोड मात्र कारोबार बृद्धि हुने देखिएको छ ।घर जग्गाको कारोबार आर्थिक वर्ष ०७९/८० र ०८०/८१ मा सबैभन्दा बृद्धि हुने देखिएको छ । सो अवधिमा १६ अर्ब २५ करोडले कारोबार वृद्धि हुनेछ । यो रकम ५ वर्ष अवधिमा हुने कारोबारको सबैभन्दा बढी हो । यसैगरी आव ०७५/७६ र ०७६/७७ मा २ अर्ब १० करोडले कारोबार बढ्ने देखिएको छ ।

राजधानीको सोल्टी होटलमा बुधबार शुरु भई विहीबार सम्पन्न हुने राष्ट्रिय विकास परिषद्को बैठकले १५ औं पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिने तयारी गरेको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.