एजेन्सी, चैत २१
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्सले आज सनराइजर्स हैदरावादसँग खेल्दैछ । दिल्लीको टिममा नेपाली युवा बलर सन्दिप लामिछाने पािन प्लेइङ ११मा परेका छन ।
हैदरावाट विरुद्ध दिल्ली टस हारेर ब्याटिङको निम्तो पाएको छ । दिल्लीको टिममा तीन जना खेलाडी परिवर्तन गरेको छ । जसमा इसान्त शर्मा, राहुल र अक्सर पटेललाई टिममा ल्याएको छ ।
जारी आइपीएलमा पछिल्ला दुई खेल खेलको सन्दिपले दुबै खेलमा विकेट लिन सफल भएका छन् । जसमा उनले कुल तीन विकेट लिएका छन । सन्दिपले पञ्जाव विरुद्ध चार ओभरमा २७ रन खर्चिदै दुई विकेट लिएका थिए भने कोलकाता विरुद्ध यो सिजनको पहिलो खेल खेलको उनले २९ रन दिएर एक विकेट हात पारेका थिए ।
पञ्जाव विरुद्धको खेलपछि सन्दिप यो बर्ष टी–२० मा सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा पहिलो स्थानमा पुगेका थिए ।
दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान),ऋषभ पन्त,कोलिन इनग्राम, क्रिस मोरिस,अक्षर पर्टेल,कागिसो रबाडा, सन्दीप लामिछाने, राहुल तवेतिया र ईशान्त शर्मा